नियम ३२
सक्कल प्रमाण राख्न सक्ने
(१) राजस्व चुहावट सम्बन्धी सूचना दिने व्यक्तिले त्यस्तो सूचनासँग कुनै प्रमाण समेत पेश गरेको रहेछ भने विभागले त्यस्तो प्रमाण कागज सुरक्षित राखी सोको नक्कल प्रमाणित गरी सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लिइएको प्रमाण सम्बन्धित व्यक्तिलाई आवश्यक भई माग गरेमा फिर्ता बुझाउने गरी तथा सोको प्रयोजन समाप्त भएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।